०४ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

काठमाडौं,२८ साउन। काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ । न्यायिक समितिमा पसलहरू बन्द गराइदिन, सटर खालि गराइदिन, कोठा खालि गराइदिन लगायतका उजुरी धेरै पर्ने गरेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको सङ्ख्या बढेको बताइन् । उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरू बन्द गराइदिन र खालि गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको बताइन् । न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौँमा यस किसिमका सङ्केत देखिन राम्रो उनको भनाइ छ । यस्ता घटना बढ्नु भनेको अर्थतन्त्र चलायमान हुन नसक्नु रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘न्यायिक समितिको मुद्दाहरू हेरिरहँदा धेरैजसो अहिले पसलहरू बन्द गर्ने र सटर खालि गर्नुप¥यो, कोठा खाली गरिदिनुप¥यो भन्ने खालका विषय बढी आउन थालेको छ । न्यायिक समितिको इजलास बस्दाखेरी दशवटा हे¥यो भने आठ वटा जति त कोठा खाली गराइपाउँ, सटर खाली गराइ पाउँ, सहकारी भाग्यो अब खालि गर्नुप¥यो भन्ने खालका यस्ता विषयहरु बढी आउन थालेको छ । यसको सङ्केत पक्कैपनि राम्रो होइन । अहिले बजारमा धेरै पसलहरू बन्द हुन थालेको सङ्केत पनि हो । धेरै जनाले यो आर्थिक मन्दी आभाष गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले सङ्केत दिन्छ । यस्ता खालका विषयवस्तुहरु बढी आउन थालेको छ । र क्रम बढ्न थालेको छ । हरेक हप्ता यसका अपडेट लिदाँखेरी प्रतिशतमा बढ्न थालेको छ ।’

उपप्रमुख डङ्गोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तिब्रता दिने बताइन् । उनले नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको बताइन् ।

उपप्रमुख डङ्गोलले नियमित रुपमा अनुगमन गर्नु व्यापारीलाई हतोत्साही गर्नु नभएको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]