२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

लोसपा अध्यक्ष ठाकुरको भतिज सुर्यनारायणसहित सयौं जना जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

जनकपुरधाम,२८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको आफ्नै भतिजसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार मोत्तरीको सोनमा गाँउपालिका -४ खेसरहामा एक कार्यक्रमबीच लोसपाका अध्यक्ष ठाकुरको आफ्नै भतिज सुर्यनारायण ठाकुरसहित लोसपाका सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले नेता ठाकुरलाई पार्टीको सदस्यता प्रदान गरी जनमतमा स्वागत गरेको छ ।

सो पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी मोहत्तरी जिल्ला ईन्चार्ज सौरभ साह र जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य नेता संजय यादवको उपस्थितीमा विभिन्न पार्टीका सयौं जना पार्टीमा प्रवेश गरेको हो ।

त्यसैगरी,एकडा गाउँपालिका-६ गोनरपुराका लोसपाकै नेता लक्ष्मी यादवको नेतृत्वमा ३५ जना जनमत पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले जनकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]