०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनमतकी अनिता साहलाई साेमबार मन्त्रीकाे शपथ ग्रहण गराइने

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २८, २०८०

काठमाडौँ,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार नै जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरेको भए पनि त्यो सोमबारका लागि सरेको छ ।

चितवन पुगेका प्रधानमन्त्री काठमाडौँ आएपछि पार्टीको बैठकमा व्यस्त भए । बैठकबाट पार्टीका मन्त्री अमनलाल मोदीलाई फिर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी नेता तथा सांसद अनिता देवी साहलाई मन्त्री बनाउने सहमति गराए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको ठाउँमा अनितादेवीलाई नियुक्त गर्ने र सपथ ग्रहण गराउने कार्य भने सोमबार नै हुने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने छन् । र, नवनियुक्त मन्त्री अनितादेवीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ सोमबार बिहान १० बजे ग्रहण गराउने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार विहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]