०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमतको ‘एप्रुभल रेटिङ’मा २१ जनप्रतिनिधि पास, एक जना फेल

Logo
अनिल यादव प्रकाशित सोमबार, साउन २९, २०८०

काठमाडौं ,२९ साउन। जनमत पार्टीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि गराएको ‘एप्रुभल रेटिङ’को नतिजा सार्वजनिक भएको छ।

जनमतले पार्टी विधानमा रहेको ‘राइट टू रिकल’को व्यवस्था कार्यान्वयन गर्न २७ साउनमा विभिन्न सात जिल्लामा रहेका आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ’ मतदान गराएको थियो।

स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरे/नगरेको मूल्यांकन गर्न मतदान गराएकोमा २२ जनप्रतिनिधि अनुमोदित भएका छन्। एक जनप्रतिनिधिको विपक्षमा बढी मत परेको छ।

जनमतका राष्ट्रिय सचिव बिपी साहले मतदानबाट पालिका तथा वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ नतिजाअनुसार २१ जनप्रतिनिधिको पक्षमा बढी मत आएको जानकारी दिए। सिराहा कल्याणपुर नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार यादवको भने विपक्षमा मत आएको उनले बताए।

अर्थात्, जनमत पार्टीका कार्यकर्ताले २१ जनप्रतिनिधिको कामलाई अनुमोदन गरेका छन् भने एक जनप्रतिनिधिलाई फेल गरेका छन्।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित जनप्रतिधिको मूल्यांकन गर्न सम्बन्धित पालिकाका पार्टी सदस्यले मतदान गरेको सचिव साहले जानकारी दिए।

यादवलाई खसेको कुल २४२ मतमध्ये १०३ मत पक्षमा र १३५ मत विपक्षमा आएको उनले बताए। तर, धेरै खराब रेटिङ नभएकाले यादवलाई पहिलोपटक नसियत दिने र विशेष स्पष्टीकरण सोध्ने सचिव साहको भनाइ छ।

‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले भने।

जनमतले अब प्रदेश सांसदको ‘एप्रुभल रेटिङ’ गर्दै छ। जनमतबाट निर्वाचित सबै प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रमा राम्रो काम गरे/नगरेको, जनतामाझ भिज्न सके/नसकेको मूल्यांकन गर्न २ भदौमा ‘एप्रुभल रेटिङ’ गरिने जनमत पार्टीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]