०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

वीरगन्जमा जनमत पार्टीद्वारा आरती साहकाे न्यायका लागि प्रदर्शन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३२, २०८०

जनकपुरधाम ,३२ साउन ।जनमत पार्टीले धनुषामा दाइजोकाे निहुँमा हत्या गरेकी आरती साहको न्यायका लागि वीरगन्जमा प्रदर्शन गरेका छन् ।

आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगन्ज महानगर समितिले बिहीबार साँझ घण्टाघर चाेकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हाे ।प्रदर्शनमा सहभागी जनमतका युवाहरुले आरती साहलाई न्याय दे , दाेषीलाई कारबाही गर, आरती साहकाे परिवारजनसंग दु्र्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

नाराबाजीपछि आयाेजित काेणसभामा बाेल्दै जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओम प्रकाश सर्राफले दाइजाेकाे निहुँमा मारिएकी आरति साहकाे न्यायका लागि उनका माइती पक्षका परिवारजन काठमाडौंकाे सडकमा ६२ दिनदेखि धर्नामा बस्दापनि सरकारले उनिहरुकाे पिडा र आवाज सुन्न नसक्नु दुखद भएकाे बताए । दाेषीहरुलाई पक्राउ गरि कारबाही नगरिए जनमत पार्टीले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए ।

जनमत युवा संघका नेता सन्जय सिंहकाे संयाेजकत्वमा भएकाे प्रदर्शनमा जनमत पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, नेतृ करिमा बेगम , नजमा खातुन,युवा नेता कन्हैया झा, राजनारायण मिश्र,विद्यार्थी नेता राजुराज गिरी लगायतकाेपनि सहभागीता थियाे ।

दाइजाेकाे निहुँमा आरती साहकाे हत्या गरेर झुन्ड्याईएकाे भन्दै उनका माइती पक्षले उजुरी लिन अटेर गर्दै उल्टै आफुहरुमाथि कुटपिट गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर काठमाडौंकाे माइतीघरमा विगत ६२ दिनदेखि धर्नामा बसेका छन् ।

धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच २०७८ असार २९ मा मागी विवाह भएको थियो । विवाहको केही समयपछि पति माेतीबाबुले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए । गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् ।

माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै घटनाकाे निष्पक्ष छानबिन गर्दै दाेषीहरुलाई कारबाहीको माग गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]