२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

धनुषामा प्रहरीद्धारा हवाई फायर

Logo
प्रकाशित मंगलबार, भाद्र १७, २०७६

जनकपुरधाम।धनुषाको मुखियापट्टी मुसहरनियामा मोटरसाइकल चोरलाई समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी उसलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ ।

त्यसक्रममा स्थानीय र प्रहरी बिच केहीबेर सामान्य झडप समेत भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले चोरलाई भगाउन स्थानीयहरु प्रहरीमाथिनै हातपातमा उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गर्नुपरेको बताए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आएपनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएकोले चोरको पहिचान खुल्न नसकेको जानकारी दिए ।

चोर र उसलाई भगाउने व्यक्तिहरूको पनि खोजी जारी रहेको उपरीक्षक खनालले बताए । स्थितीलाई नियन्त्रणमा लिन अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।-टुडेपाटि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]