०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमतमा युवाहरुको आकर्षण, दर्जनौं युवाहरु जनमत प्रवेश

Logo
मनोज मोरबैता प्रकाशित शनिबार, भाद्र ०२, २०८०

काठमाडौं ,२ साउन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढेसँगै औपचारिक रुपमा पार्टी प्रवेश गर्ने लहरनै चलेको छ।

पार्टी केन्द्रीय कार्यालय बुद्धनगर शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कास्की ,प्युठान ,डोल्पा,पर्सा,सप्तरी र सिरहा जिल्लाका दर्जनौं युवाहरु जनमत पार्टी प्रवेश गर्नुभएको छ।

नवप्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष डा.सीके राउतले खादा टीका लगाउँदै उनिहरुलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो ।

विभिन्न पार्टी परित्याग गर्दै जनमत प्रवेश गर्ने युवाहरुमा पर्सा जिल्ला निवासी एम कुमार सराफ, कास्की निवासी देवी सुनार, प्युठान निवासी राम कुमार सुनार,डोल्पा निवासी मन बहादुर सार्की, सप्तरी निवासी कृष्णा यादव,सिरहा निवासी सुरज कुमार यादवलगाइत दर्जनौं युवा नेताहरुले जनमत पार्टीमा प्रवेश गरिएको जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]