०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

जनमतले प्रदेश सांसदलाई मूल्यांकन गर्न गराएको ‘अनुमोदन रेटिङ’को नतिजा सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०३, २०८०

काठमाडौं ,३ भाद्र। जनमत पार्टीले प्रदेश सभा सदस्यहरुको कार्य मुल्यांकन गर्नको लागि गराएको ‘अनुमोदन रेटिङ’को नतिजा सार्वजनिक भएको छ।

मधेश प्रदेशमा १३ जना र लुम्बिनी प्रदेशमा ३ जना गरि १६ जना प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले शनिबार आन्तरिक निर्वाचन गराएको थियो।

शनिबार सम्पन्न ‘अनुमोदन रेटिङ्ग’को मतपरिणाम सार्वजनिक भएपछि १६ जना प्रदेश सांसदमा ४ जना फेल भएको हो।

फेल हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्री कुमारी चौधरी छन्।साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो। चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको थियो।

त्यस्तै महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह पनि फेल भएका छन्।सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो। त्यस्तै साहका पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो।

सम्बन्धित क्षेत्रका पालिका प्रमुख,उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी मतदानमा सहभागी थिए। जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेत मतदानमा सहभागी थिए।

अनुमोदन रेटिङमा फेल भएका सांसदहरूलाई के गर्ने भनेर पार्टीमा छलफल गर्ने जनमत पार्टीका सचिव विपी साहले बताए।

फेलभएका यी चार जना सांसदमाथी विशेष अनुसन्धान गरि कार्वाही प्रक्रिया अगाडि बढाउने जनमत पार्टीका एक नेताले बताए।

यस्तो छ,निर्वाचनको नतिजा कसले पाए कति मत

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]