०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरधाममा सिचाईको भरपुर व्यवस्था गर्दै मेयर साह

Logo
प्रकाशित बुधबार, भाद्र १८, २०७६

जनकपुरधाम।जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन ।

सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्ने समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन ।

नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा उपमहानगरपालिकाका वार्ड नं २५ लोहना,वार्ड नं १५ कुवा रामपुर,वार्ड नं २० देवपुरा रुपैठामा भरपुर सिचाईको व्यवस्था हुने गरि मुङरैल फाटक निमार्ण गर्ने भएको छ ।

उपमाहानगरले आफनै लगानीमा नहर निमार्ण गरेर सीचाईका लागि आवश्यक पानीको व्यवस्था गरि किसानहरुलाई फायदा पुरयाउने लक्ष्य लिइएको छ । यस कार्यका लागि मंगलवार देखि नै प्राविधिक टोली खटाइएको र विहिवार देखि नहर निमार्णको काम सुचारु गरि चार पाच दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको नगर प्रमुख साहले वताए ।

त्यसैगरि जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं २५मा सिचाईका लागि तत्कालिन खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले वारह फिट मोटाईको दुइवटा बोरिगं गाडन लगाएका थिए । तर बोरिंगको व्यवस्था गरिएपनि समयमै ध्यान नदिएपछि काम नलाग्ने अवस्थामा रहेको थियो । सोहि बोरिंगलाई पुनः सुचारु गरि ३ सय विघा खेती योग्य जग्गालाई सिचाई सुविधा पुरयाउने भएको छ ।

नगर प्रमुख साहले वुधवार सो वोरिंगको निरिक्षण गर्दै त्यसमा लाग्ने खर्च नगरपालिकाबाट व्यवस्था गरि चार देखि पाच दिनमा सुचारु गराउने भएको छ । सिचाईकै लागि गाडीएको सो वोरिंग १२ फिट मोटाईको रहेपनि विद्युत सप्लाईको कमीको कारणले दुइ फिट मोटाई अनुसारको मात्र पानी आउदा किसानलाई समस्या हुदै आएको थियो ।

मेयर साहले नगरपालिकाबाट ५ लाखको लगानी गरि विद्युत कार्यालयसंग सम्वन्य गरेर आउने मंगलवार सम्ममा दुइटै वोरिंगलाई सुचारु गराई सिचाईको व्यवस्था गराउने वार्ड अध्यक्ष उमेश यादवले जानकारि दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]