०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

अनि अघि सरे बुवाको किरिया गर्न छोरीहरू

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर- २ निवासी ४७ वर्षीय अनुपकुमार भुजेलको चार दिनअघि अल्पायुमै निधन भयो।

बर्दिबासको रातुखोला घाटमा दाहसंस्कारपछि उनको काजकिरिया कसले गर्ने भन्ने चर्चा सुरु भयो।

कतिपय बुज्रुकले छोरा नभएकाले ‘कोही मान्छे (पुरुष) खोजेर भुजेलको काजकिरिया गर्नुपर्ने’ सुझाव दिए।

आफन्त र परिवारका कोही पुरुष सदस्य भुजेलको काजकिरियाका लागि कोरामा बस्नुपर्ने राय उनीहरुको थियो। त्यसको खोजी पनि भयो। पुरेत पनि यस्तै राय दिँदै थिए।

त्यही बेला भुजेलकी जेठी छोरी स्मारिकाले ‘अरु मान्छे खोजेर बुवाको काजकिरिया नगर्ने’ अडान लिइन्। उनले आफैँ बुवाको काजकिरियाको लागि कोरामा बस्ने इच्छा व्यक्त गरिन्।

समाजका अगुवाले पनि ‘छोरा नभए छोरीले पनि आमाबुवाको काजकिरिया गर्दा हुने’ सुझाव दिए। त्यसपछि भूजेलका तीनमध्ये दुई छोरी (जेठी २१ वर्षीया स्मारिका, माइली १६ वर्षीया स्मृति) बुवाको काजकिरियामा बसे।

कान्छी ८ वर्षीया आरोग्या भने सानै भएकाले कोरामा बसेकी छैनन्।

भुजेलकी जेठी छोरी २१ वर्षीया स्मारिका स्नातक तहमा अध्ययनरत छिन्। माइली १६ वर्षीया स्मृतिले यसै वर्ष एसइई उत्तीर्ण गरेकी हुन्। स्मारिका र स्मृति सेता कपडा पहिरिएर कोरामा बसेको चार दिन भयो। उनीहरुले कपाल मुण्डन भने गरेका छैनन्।

दिदीले छोराले जस्तैगरी बुवाको काजकिरिया गर्ने इन्छा व्यक्त गरेपछि उनकी बहिनी स्मृतीले पनि बुवाको किरयामा बसेकी छन्।

आमा-बुवाको लागि आफ्ना छोराछोरी बराबर हुन् भन्ने लागेर आफूले कोरामा बसेर बुवाको काजकिरिया गरेको स्मृतिले बताइन्।

स्थानीयसमेत रहेकी नेकपा एमालेकी नेतृ तथा मधेश प्रदेशसभा सदस्य शारदा थापाले छोराले जस्तै कोरामा बसेर बुवाको काजकिरिया गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक सन्देश दिएको बताइन्।

‘हाम्रो समाजमा अझै पनि छोरा र छोरीबीच विभेद छ। मधेशमा त त्यो खाले विभेद अझ ज्यादा छ,’ उनले नेपालखबरसँग भनिन्, ‘बुवाको काजकिरिया आफैँले गर्ने स्मारिका र स्मृतिको कदमले समाजलाई सकारात्मक रुपान्तरणको लागि सहयोग पुर्याउँछ। यसले छोरा र छोरीबीचको लिंगिय विभेद अन्त्य गर्न पनि मद्दत गर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]