०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जब किशोरीले चलाएको बाइक दुर्घटनामा पर्‍यो!

Logo
कृष्णउदास खनाल प्रकाशित सोमबार, भाद्र ११, २०८०

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै रहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षिक मोहनबिक्रम केसीले बताए । केसीका अनुसार , आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साकोे प्रसौनी गाँउका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेकेो मोटरसाइकल दुर्घटनामा परेको हो ।

गुड्दै गरेको मोटरसाइकलबाट लडेर घाइते भएकी सुदामा देवीको घटटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र मृतक सुदामा देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]