०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

डा.सत्यनारायण भदिसवारको निधनप्रती पूर्वमन्त्री अरगरियाद्वारा दुख व्यक्त

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २०, २०८०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायण यादव भदिसवारको निधनप्रती नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न।

मंगलबार पूर्वमन्त्री अरगरियाले डा.सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन।

समाज परिवर्तनमा डा.सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए।उनले भने ,’म अहिले खाडी मुलुक कतारमा रहेको छु,कतारबाटै दुख व्यक्त गरेका छ्न।’ उनले डा.सत्यनारायण भदिसवार जस्तो अभिवावक र मार्गदर्शक गुमाएको सुनाए।

उहाँले समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदान स्मरण गरिरहेको छु’ उनले भनेका छन् ।उहाँले अध्यात्मिक चिन्तक ,शिक्षा प्रेमी,समाजसेवी गरिब ,मदजुरहरुको सहारा बनेका थियो।उहाँ प्रती श्रद्धाञ्जली दिदै भदिसवार परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

डा.सत्यनारायण भदिसवारको निधन मंगलबार राती १२:४५ मा अमिरेकामा भएको हो।उहाँको अन्तिम संस्कार अमिरेकामै गर्नेछ।उहाँको अन्तिम संस्कार बुधबार साँझ ७ बजे हुने अमिरेकाबाट लाईभ जोडेर गाउँबासीलाई संस्कारमा सहभागी गराउने परिवारजनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]