०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

निजामती ऐन चाँडै संसदबाट पास गरेर लागू हुन्छ : मन्त्री देवी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन्।

आज सिंहदरवारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषदबाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।

उनले सङ्घीय निजामती सेवा ऐन लागू भइसकेपछि सङ्घीय निजामती सेवा मात्र नभई प्रदेश र स्थानीय तहसम्मको धेरै अन्यौलता पनि अन्त्य हुने बताइन्।

उनले भनिन्, ‘विकास, समृद्धि र सुशासनको व्यावसायिक र सृजनशील हुन जरुरी छ। निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन गर्न तथा राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्न कोशेढुङ्गा प्रमाणित भइसकेको अवस्थालाई बिर्सिनु हुँदैन। सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने यथार्थ हो।’

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको पनि बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]