०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ एकको मृत्यु, चार जना गम्भीर घाइते

Logo
प्रकाशित शनिबार, भाद्र २१, २०७६

महोत्तरी । पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ महोत्तरीको बर्दिवासमा एक जनाको ज्यान गएको छ। शनिवार साँझ बर्दिबास वडा नं.४ मा भएको सो दुर्घटनामा भने चार जना गम्भीर घाइते भएको छ। मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० बर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका वडा नं.४ का रोशा बराइली पनि घाइते भएका हुन । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

घरायसी झगडामा उवेश लगायतका घाइते भएकाहरुलाई लिएर एम्बुलेन्स अस्पताल जादै थिए । झगडाका घाइतेहरुलाई एम्बुलेन्सबाट पु¥याउन लादैं गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]