जनकपुरधाम ।धनुषाको पूर्वी जनकनन्दिनी गाउँपालिकामा “बालविवाह न्यूनीकरण परियोजना”को समीक्षा बैठक सम्पन्न भएको छ।
बुधबार आसमान नेपालका आयोजनामा खजुरीस्थित स्वास्थ्य चौकीको सभाहलमा बाबविवाह न्यूनीकरण परियोजना अन्तर्गत कार्यक्रम समीक्षा बैठकमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा भएको कार्यक्रमको जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सम्पन्न भएका हुन।
सो समीक्षा बैठकमा यस पालिकामा बालविवाह न्यूनीकरणको विषयमा गहन छ्लफल भएको थियो।उक्त कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादव,उपाध्यक्ष कमला सहगल,पालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासलगाइत पालिकाका कर्मचारी ,सरोकारबाला निकायका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा समीक्षा बैठक सम्पन्न भएको हो।