०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शिक्षकको माग पूरा गर्नुपर्छ : शिक्षामन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ ।

शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले भने आन्दोलित शिक्षकहरुको माग पुरा गर्नुपर्ने बताउँछन् ।

मन्त्री यादवले भने, ‘संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले समस्या उत्पन्न हुन्छ । शिक्षकका आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएर समस्या सम्बोधन गर्नुपर्छ ।’

विद्यालय बन्द गरी आन्दोलन गर्न नहुने हो तर सबै शिक्षक काठमाडौं गएपछि पठनपाठन प्रभावित बनेकोमा उनले दुःख व्यक्त गरे । उनले शिक्षकहरुसँग अविलम्ब वार्ता गरी आन्दोलनको अन्त्य गरी पठनपाठन सूचारु गर्नुपर्ने बताए ।

उनका अनुसार मधेश प्रदेशमा करिब १ हजार बढी सामुदायिक विद्यालय छन् ।‘शिक्षक नै नभएपछि कसरी पठनपाठन हुन्छ ?’, उनले भने, ‘प्रायः सबै विद्यालय ठप्प छन् ।

मधेश सरकारकै गृह, संचार तथा कानून मन्त्री मो. समिमले पनि शिक्षक–कर्मचारीका मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

उनले विज्ञप्ति जारी गरेर शिक्षक-कर्मचारीका मागहरु सम्बोधन गरी तत्काल सार्वजनिक शिक्षा क्षेत्र निरन्तर सूचारु गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भनेका छन्- संसदमा पेश भएको शिक्षा ऐनका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको स्पष्ट नीति सम्बोधन हुनेगरी शिक्षकहरुको जायज माग र आन्दोलनलाई समर्थन गर्दै जायज माग पुरा गर्न संसद र नेपाल सरकारसँग हार्दिक अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]