०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समग्र बिकासको लागि राजनीतिमा आएकी छुः मन्त्री साह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन ०७, २०८०

जनकपुरधाम । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह गाउँ पुगेकी संधिय मन्त्री अनिता साहले समग्र विकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छन् ।

जनमत पार्टीबाट २०७९ को प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह सघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलोपटक शनिबार आफ्नो गृह घर सवैला पुग्दा सवैले भव्य स्वागत गरेका थिए ।

सवैला नगरपालिकाको वडा नं २ को आयोजनामा सामान्य भेटघाट तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक रूपले भरिपुर्ण भएपनी कत्तै न कतै समग्र विकास निर्माणको परिपुर्ति गर्न राजनिती आवश्यक रहेको बताएकी छन् ।

मन्त्रालय पाएको ६-७ महिनाको अवधिमा आफुले सकेसम्म काम गरेको तथा बिकासको अभिभारामा सबैको लगानी रहनुपर्ने भएकोले अगामी दिनमा समेत आफुले संघ सरकारद्वारा पुर्ण सहयोग गरिने समेत बताएकी छन् ।

सवैला नगरपालिका वडा नं १ का वडाध्यक्ष मिथिला साहको अगुवाइमा भएको उक्त कार्यक्रममा मन्त्री साहले उक्त विद्यालयको लागि प्रदेश सरकारद्वार एक योजना ल्याइदिएको बताइन् ।

भेटघाटकै क्रममा गणेशमान चारनाथ नगरपालिकामासमेत मन्त्री साहलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिएको जनमत पार्टी मधेश प्रदेश सदस्य ब्रहमदेव महतोले जनकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]