०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने मन्त्री यादवको प्रतिबद्धता

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन १४, २०८०

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले शनिवार आयोजना गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको सम्मान तथा बिदाई समारोहमा उनले उत्पादन लागत पनि उठने गरी मूल्य नपाएपछि किसानहरु निराश भएको बताए । उनले यसप्रति सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

विगतको प्रदेश सरकारले नयाँ अनुभवको रुपमा व्यवस्थापकीय काममा नै बढी समय बिताउनु परेको बताउँदै मन्त्री यादवले आफूहरुको दोश्रो कार्यकालको सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेशका जिल्लामध्ये कृषिमा उत्कृष्ट कार्य गरेर पनि कम बजेट पाएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले अब सप्तरीका कृषि क्षेत्रमा पनि उचित बजेटका लागि आफूले पहल गर्ने बताए ।

कार्यक्रममा आफ्नो कार्यकालमा देखाएको कुशलता वापत सेवानिवृत कार्यालय प्रमुख यादवलाई मन्त्री यादवले दोसल्ला तथा सम्मान गरेका थिए ।

कदरपत्रबाट समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष अमिरलाल यादव, केन्द्रीय सदस्य सुमित्रा चौधरी, महासंघको मधेश प्रदेश सचिव भूपेन्द्र प्रसाद यादव, जसपा नेता लक्ष्मण यादवलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]