०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

सिरहामा जसपालाई जनमतले दियो धक्का,केन्द्रीय सदस्यदेखि नगर अध्यक्षसम्म जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन १६, २०८०

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई जनमत पार्टीले सिरहामा धक्का दिएका छ्न।तीन केन्द्रीय सदस्यदेखि नगर अध्यक्षसम्म जनमत पार्टीमा प्रवेश गरेका छ्न।

जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

यस्तै जसपाका सिरहा जिल्ला सदस्य मो. झबु राइन, जसपा मधेश प्रदेश सदस्य मो. हमजा राइन र माओवादी केन्द्रका विद्यार्थी संगठनका सिरहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरु पनि जनमतमा एकसाथ प्रवेश गरे ।

उनीहरु काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर राष्ट्रीय अध्यक्ष डा. सीके राउतबाट टिका थापेर पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई जनमत पार्टीको राष्ट्रिय परिषद केन्द्रीय सदस्य विरेन्द्र साहको पहलमा पार्टी प्रवेश गरेको छ ।

अध्यक्ष डा. राउतले नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]