०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

मधेश प्रदेश : मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन २३, २०८०

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएर जनता समाजवादी पार्टी (जसपा)की सांसद सुरिता साहलाई व्यवस्थापन गरेकोमा सत्ता गठबन्धनका ५ दल असन्तुष्ट बनेको छ ।

मुख्यमन्त्री यादवले चार दिन अगाडी शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका थिए । एकलौटी निर्णय गरी मन्त्रालय फोडेर मुख्यमन्त्री भारत पुगेका छन् । उनी भारत पुगिसकेपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गरेको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी गर्‍यो ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सम्हालेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फोडेर मुख्यमन्त्री यादवले खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाएका छन् ।

चार महिनादेखि बिना विभागीय मन्त्री रहेकी साहलाई खेलकुद तथा समाज कल्याण र मन्त्री यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्री यादव भने नयाँ मन्त्रालय सम्हाल्ने पक्षमा छैनन् ।

यो प्रदेशमा छ दलीय गठबन्धनको सरकार छ । जसको नेतृत्व जसपाले लिएको छ । मुख्यमन्त्री जसपाको रहेकाले सांसद साहलाई पार्टीमा टिकाउनकै लागि मन्त्रालय फोडेको उनीमाथि आरोप छ ।

ज्ञात रहोस् स्वतन्त्रबाट जितेर सांसद साह जसपामा प्रवेश गरेकी छन् । सुरुमा उनलाई सामाजिक विकास मन्त्रालय दिइयो । तर गठबन्धनको भागबन्डा मिलाउन उक्त मन्त्रालयबाट साहलाई हटाएर बिना विभागीय बनाइयो । त्यसपछि उनले मन्त्रालय नदिए पार्टी छाड्ने धम्की दिएपछि मन्त्रालय फोडेर भए पनि उनलाई व्यवस्थापन गरिएको छ ।

पार्टीमा सांसदलाई टिकाउन मुख्यमन्त्रीले मन्त्रालय फोडेकोमा गठबन्धनमा रहेका ५ दल अब के गर्ने विषयमा छलफल थालेका छन् । सोमवार जसपा बाहेक ५ दलका संसदीय दलका नेताहरू मधेश भवनमा बैठक गरेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादव, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एस प्रदेश संसदीय दलका प्रमुख सचेतक कनिस पटेल, लोसपा प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टी प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव सहभागी थिए ।

मुख्यमन्त्री यादवले मन्त्रालय फोडेपछि प्रदेशमा जसपा एक्लिएको छ । ५ दलको बैठकले ‘मुख्यमन्त्री यादव चोर बाटोबाट मन्त्रालय फोडेको’ ठहर गरेको छ । बैठकमा सहभागी नेताहरूले मुख्यमन्त्रीले गरेको मनपरीबारे केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण गराउने निर्णय गरेको बुझिएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रदेशमा काम शून्य छ । जनता प्रदेश सरकारको अनुभूति गर्न पाएका छैनन् । तर मुख्यमन्त्री यादव गैरजिम्मेवार काम गरिरहेका छन् । यसमा हाम्रो आपत्ति छ । यो विषयमा छलफलकै लागि बैठक बसेको थियो ।’

‘मन्त्रालय नै फुटाउनु पर्थ्यो भने कम्तीमा गठबन्धन वा मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउनुपर्थ्यो’, उनले भने, ‘कसैलाई जानकारी छैन । तर चोर बाटोबाट मन्त्रालय फोडियो । पार्टी बनाउनका लागि त उहाँलाई मुख्यमन्त्री बनाएका छैनौँ ।’

मुख्यमन्त्री नसच्चिए ठोस निर्णय लिने उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]