०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेशमा एमालेको अधिवेशन : अध्यक्षमा आधा दर्जन आकांक्षी, सचिवमा को-को ?

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन २४, २०८०

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए । ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ ।

अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट प्रतिव्यक्ति दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरूबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरूबाट १० हजार रुपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

नेतृत्व चयन पेचिलो बन्दै

मधेश प्रदेशको नेतृत्व चयन प्रक्रिया पेचिलो बन्ने देखिएको छ । पोलिट्व्यूरो सदस्य पुरुषोत्तम पौडेलले अध्यक्ष बन्न रुचि नदेखाएको तथा अर्का पोलिटब्युरो सदस्य सुमन प्याकुरेल र रामदयाल मण्डलले पनि नेतृत्वबाट ग्रीन सिग्नल नपाएकाले मधेशी मूलकै एक लियर तल्लो तहका नेताबाट अध्यक्ष छान्ने सम्भावना छ ।

सर्वसम्म अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मधेश प्रदेशमा ठूलो संकट देखा परेको छ । अन्य प्रदेशमा भन्दा धेरै पेचिलो देखिएकाले निर्वाचनमै जाने सम्भावना रहेको छ । एकले अर्कोलाई स्वीकार्न सक्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् ।

मधेश प्रदेशको अध्यक्ष लागि अहिलेसम्म धनुषाका जयप्रकाश यादव, सिराहाका चन्देश्वर मण्डल,सर्लाहीका राज नारायण शाह, धनुषाका राजकिशोर यादव, लक्ष्मी यादव, पर्साका बिचारी यादव आकांक्षी देखिएका छन् । अध्यक्षका प्रबल दाबेदार रेवती पन्तविरुद्ध अख्तियारले हालसालै झलनाथ खनालको सर्पपालन परियोजनामा मुद्दा दायर गरेकाले उनको दाबी स्वतः कमजोर बनेको छ ।

त्यसैगरी सचिवमा बाराका मनोज पौडेल, धनुषाका मनोज खडका, रौतहटकी आरती भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पौडेल बाराको जीतपुरसिमरा बाट, खडका संगठन विभागबाट प्रतिनिधि बनिसकेका छन् भने भण्डारी चन्द्रनिगाहपुरबाट प्रतिनिधि बन्ने चाहना राखेता पनि बन्न नसकेको जनाएको छ । प्रतिनिधि नबनेसम्म चुन्न चुनिन पाइने छैन । नेतृत्वले प्रतिनिधिमा मनोनीत गरेर भण्डारीलाई कमिटीमा ल्याउने सोच बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]