०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरमा सामाजिक सद्भावका लागि दाहा मेला

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ ।

मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत बनाएको छ । करिब १ सय १५ फिट लामो दाहा बनाएपछि सबैको आकर्षण बनेको देखिन्छ । उक्त रंगिजंगी दाहा बनाउन करिब २ महिना लागेको छ भने करिब १२ लाख खर्च भएको जनाएको छ ।

दाहा मेला मुस्लिम समुदायले मनाउने चलन छ । ईस्लाम धर्मावलम्वीले प्रवर्तक मोहम्मद पैगम्बरका नाती शहिद हजरतको सम्झनामा दाहा मेलाको आयोजना गर्ने गरेको मौलानाहरु बताउँछन् । तर यहाँ हिन्दुहरुले यो मेलाको आयोजना गरेपछि सद्भाव बढ्ने विश्वास आयोजकको छ ।

मेला भव्य बनाउन लोपोन्मुख कुस्तीसहितका विभिन्न प्रकारको खेलकूल, सांस्कृतिक कार्यक्रम, रामहिलोरा समेत मेलामा छ । सोमबारबाट सुरु भएको यो मेला एक सप्ताह सम्म लाग्ने आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]