०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सदनमा सांसदले भनेका कुरा लागु हुँदैनन् :अध्यक्ष डा.राउत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा सांसदहरुले बोलेका कुराको ‌कुनै ‌औचित्य नरहने गरेको गुनासो गरेका छन् ।

आज काठमाडौंमा आयोजित चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा. राउतले संसदीय व्यवस्था भनिए पनि सांसदहरुको आवाज नै नसुनिएको बताए । ठूला नेताले भने जे बोले पनि त्यही हुने गरेको उनको भनाइ छ ।

‘भन्नलाई संसदीय व्यवस्था भन्छौँ । तर त्यहाँ सांसदले भनेको कुरा लागु हुँदैन’, उनले भने, ‘दुई/तीन जना नेताले जे निर्णय गर्छन् त्यही कुरा लागु हुने व्यवस्था छ ।’

अध्यक्ष डा.राउतले जनमत पार्टी पहिलो प्रयासमै राष्ट्रिय दल बनेको उल्लेख गर्दै अर्को निर्वाचनमा देशको नेतृत्व गर्ने गरी तयारी गर्नु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]