०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

धनुषामा अपहरण गरेर अनगिन्ती कपालीमा गराए सहीछाप

प्रहरीले असहयोग गरेको पीडितको आरोप
Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । धनुषामा अपहरण गरेर अनगिन्ती कपाली तमसुक कागजमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ ।

धनुषा हँसपुर नगरपालिका- ४ मनिपट्टीका रामअशिष दासले आफुलाई औरही नगरपालिका -१ पौडेश्वरका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाएका छन् ।

जनकपुरधामस्थित पुलचोकमा पसल व्यवसाय गरिरहेको दासले आफुसँग गत बैशाख २५ गतेका दिन अपहरण गरेर बलजफ्ती कपाली तमसुक बनाएको आरोप लगाएका हुन् ।

पीडितले आज पत्रकार सम्मेलनको आयोजना गरी जनकपुरधाम पुलचोकस्थित पसल बन्द गरेर घर गइरहेको बेला जनकपुरधाम–यदुकोहा सडकखण्डमा तेतरिया बजारस्थित पुल नजिक रामविलासको नेतृत्वमा रहेका ती व्यक्तिहरुले आफूलाई अपहरण गरेर कुटपिट गर्दै हातहतियार देखाएर करिब १५/२० वटा कागजमा बलजफ्ती सहीछाप गराएको बताए ।

पीडितले आफुलाई औरही गाउँपालिकाका १ पौडेश्वरका रामविलाश दास कथवनिया, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास लगायतका चिन्न नसकेको व्यक्तिले अपहरण गरेको बताएका छन् । उनका अनुसार अपहरणमा परेको भोली पल्टै कपिलेश्वर प्रहरीमा दासले उजुरी दिए । तर, त्यहाँ कुनै सुनुवाई नभएपछि वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे निवेदन दर्ता गराउन पुगेपनि त्यहाँ प्रहरीले हेर्ने मुद्दा रहेको भनी उजुरी लिन अस्वीकार गरेको उनले बताए । पीडितले ती दिनदेखि जिल्ला प्रहरी कार्यालयमा महिनौ धायौं तर उजुरी दर्ता नभएको बताए । अन्ततः बाध्य भई हुलाक मार्फत उजुरी पठाएका छौं पीडा उनले सुनाए ।

धनुषाका तात्कालिन एसपी विश्वराज खड्काले आज समात्छौं, भोली समात्छौं भनी आरोपितलाई समात्नु त के उजुरी समेत दर्ता गरेको छैन् । उनले भने आफ्नो उजुरी दर्ता गर्नुको त कुरा परै जाओस जिल्ला सरकारी वकिल कार्यालय समेतले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाएकोमा तिन महिना बितिसक्दा पनि कुनै चासो जिप्रकाले लिएको छैन् ।

उनले हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय सहित, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृहमन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृहमन्त्रालय सहितका निकायमा उजुरी दर्ता गराएका छन् ।

घटना बारे रामआशिषले भने आफूलाई कुटपिट गरेको अवस्थामा कुन कुन कागजातमा सहीछाप गरायो थाहा भएन । तर पछिल्लो पटक आफू विरुद्ध अदालतमा २० लाख ऋण लिएको भनी कपाली तमसुक सहित मुद्दा दर्ता गराइएपछि त्यस बेला आफूसँग कपाली तमसुकमा सहीछाप गराएको भन्ने कुरा थाहा पाए ।

आफुले नामै नसुनेका व्यक्ति महोत्तरी जिल्ला लोहरपट्टी ५ निवासी अशोक कुमार ठाकुरसँग सोही समयमा २० लाख रुपैया ऋण लिएको भनी पुरानो मिति २०७४ माघ १४ गतेको मितिमा कपाली तमसुक बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]