०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

व्यापारी वनमन्त्री महतोले चुरे र नदि बेच्न लागे,आन्दोलनमा जान्छौं : पूर्वराज्यमन्त्री मण्डल

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक २२, २०८०

जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा लगेका हुन् । जसको मधेशमा चौतर्फी विरोध सुरु भएको छ । मधेशको जीवन रेखा मानिने चुरे, पर्वत, नदि, खोला दोहनका लागि सरकार र वनमन्त्री महतोले चालेको यो कदमप्रति मधेशका बुद्धिजीवीहरू आपत्ति जनाइरहेका छन् ।

यसैबीच, मधेश सरकारका पूर्वराज्यमन्त्री सुरेशकुमार मण्डलको पनि वक्तव्य आएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो विधेयक तत्काल फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘वर्तमान सरकार र यसका व्यापारी मन्त्रीद्वारा ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा आउनु दु:खद हो । यसको म घोर भत्र्सना र विरोध गर्दछु । साथै उक्त विधेयक अविलम्ब फिर्ता लिन माग गर्दछु । अन्यथा चुरे बचाउन जस्तोसुकै कदम चाल्न बाध्य हुने र आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन चाहन्छु ।’

विवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]