०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

मंसिर १० लाई ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न सीके राउतको प्रस्ताव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर ०६, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् ।

अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त संकल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको उनले उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत नश्ल, रंग र वर्णको आधारमा विभेद राज्य पक्ष र शासक वर्गबाट हुँदै आएकोले त्यसको अन्त्यका लागि ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्नुपर्ने तर्क गरेका छन् ।

अलग मधेश देशको माग गर्दै डा. राउत नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा प्रदर्शन गरेका थिए । सो क्रममा ३०० जना पक्राउ परेको थियो ।

पक्राउ पर्नेमा सबै मधेशी थिए । सो गिरफ्तारीलाई डा. राउतले ‘रंगभेदी गिरफ्तारी’ भन्दै हरेक वर्ष मंसिर १० मा रंगभेद विरुद्धको दिवस मनादै आएका छन् ।

अलग मधेश देशको एजेण्डा छाडेर राजनीतिक दल गठन गरी चुनाव जितेर सरकारमा पुगेपछि उनले मंसिर १० लाई ’रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न प्रस्ताव गरेका छन् ।

उनले भनेका छन्, ‘रंगभेद गरिनुमा रंगभेद के हो के होइन, आफूले रंगभेद गरिरहेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसिर १० लाई नेपाल सरकारबाट ’रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसदबाट सामुहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो संकल्प प्रस्ताव पेश गरेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]