०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

जनकपुरधाम । जनमत पार्टीले हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन सुरु गरेको छ ।

हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने विषयमा जनमतले राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली नै खटाएका छन् । अध्ययनमा मधेश प्रदेश नीति आयोगका सदस्य डा. सोहन प्रसाद साहले सहजीकरण गरिरहेका छन् ।

२०७९ मंरिसरको आमचुनावमा कृषि र रोजगारीलाई मुख्य एजेण्डा बनाएको जनमतले १० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको थियो । कछुवाको गतिमै निर्माण भए पनि सम्पन्नताको अन्तिम चरणमा रहेको हुलाकी राजमार्ग अन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका आठवटै जिल्लामा हुलाकी राजमार्ग खण्डमा पर्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि र सर्वसाधारणको सुझाव संकलन गरिएको सचिव साहले बताए ।

जनमतले मंगलबार महोत्तरीको बखडी बजारबाट अध्ययन सुरु गरेको छ । हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना सञ्चालन वा काम गरे रोजगारी सिर्जना हुन्छ भन्ने प्रश्न जनमतको टोलीले स्थानीय बासिन्दासँग गरेको छ ।

कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले हुलाकी राजमार्गलाई केन्द्र सरकारले उपेक्षा गरेको भन्दै आफ्नो पालिकामा हुलाकी राजमार्ग खण्डमा रोजगारीका लागि सहजीकरण गर्ने बताए । उनले केन्द्र र प्रदेश सरकारबाट ठोस योजना ल्याउन जनमत पार्टीलाई सुझावसमेत दिए ।

एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले हुलाकी राजमार्गलाई व्यवस्थित गरिए आफ्नै पालिकामा हजारौंले रोजगारी पाउने बताए । हुलाकी राजमार्ग खण्डमा कृषि बजार र कोल्ड स्टोर स्थापना गर्न सके रोजगारी सिर्जना हुने सुझाव उनको थियो ।

जनमत पार्टीका सचिव साहले पार्टीले चुनावअघि जनतासँग गरेको प्रतिवद्धता पूरा गर्ने काममा लागेको बताए । ‘हामीले कुनै पनि सरकार आफ्नो अनुकुल चलाउन सक्ने मत पाएका छैनौं । त्यसकारण रोजगारीका लागि चाहेको जस्तो काम गर्न ढिलाइ भएको छ । तर, पार्टीले रोजगारी सृजनाका लागि हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने ।

अध्ययनपछि पार्टीले निर्णय गरेर थप प्रक्रिया अगाडि बढाउने उनले बताए । सचिव साहले भने, ‘यसका लागि स्थानीय जनप्रतिनिधिदेखि अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि जनमत पार्टीलाई सहयोग गर्नुपर्ने छ ।’

कार्यक्रममा सहभागी मधेश प्रदेश नीति आयोगका सदस्य डा.सोहन प्रसाद साहले हुलाकी राजमार्ग वरिपरिकै पालिकाहरुमा अशिक्षा र गरिबी रहेको तथ्यांक प्रस्तुत गरेका थिए । हुलाकी राजमार्गलाई रोजगारीसँग जोड्न सकिए लाखौं जनताको जीवनस्तरमा सुधार आउने डा.साहको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]