०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टीद्धारा अधिवेशन घोषणा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

काठमाडौं । जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशनको घोषणा गरेको छ ।

पार्टीका राष्ट्रिय सचिव बीपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो ।

जनमतको अधिवेशन तालिका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइदैछ ।

सचिव साहका अनुसार वडा अधिवेशन पश्चात माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ सबै जिल्ला अधिवेशनको घोषणा गरिएको छ ।

२०८१ बैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशनहरुको कार्यक्रम रहेको उनले जानकारी दिए । डा.सीके राउतको नेतृत्वमा जनमत पार्टी स्थापना भएपछि पार्टीले दोस्रो अधिवेशनतर्फ लागेको हो ।

अधिवेशन पश्चात पार्टी थप बलियो भएर जाने विश्वासका साथ अधिवेशन आह्वान गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]