०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

कांग्रेस धनुषा २ को क्षेत्रीय सभापतिको निर्वाचन: तीन उम्मेदवार मैदानमा, साधु बलियो !

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्वर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ ।

क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशंकर कुमार गोइत, नवीनकुमार गोहिवार र भूपनारायण यादव उम्मेदवार छन् । साधु संस्थापन पक्षका छन् ।तर, शेखर कोइराला समूहबाटै नवीन र भूपनारायण मैदानमा उत्रिएका छन् ।

साधुलाई पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य मुक्ता यादव र पुराना नेता आनन्द ढुंगानाको समर्थन छ । सोही क्षेत्रमा पर्ने हंसपुर नगरपालिकाका मेयर प्रदीप यादव र कमला नगरपालिकाका मेयर विशेश्वर यादव पनि साधुकै पक्षमा खुलेका छन् ।

नवीनलाई पूर्वसांसद दिनेश प्रसैलाले मैदानमा उतारेको स्रोतको दाबी छ । उनलाई जसरी पनि जिताउन पूर्वसांसद प्रसैला भोट माग्दै हिँडेका छन् ।

क्षेत्र नम्वर २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव भूपनारायणलाई जिताउन माहोल बनाइरहेका छन् । पूर्वसांसद शिवधारी यादव पनि भूपनारायणको पक्षमा खुलेका छन् ।

पार्टीको क्षेत्रीय निर्वाचनमा पनि गुट उपगुट सक्रिय बनेको छ । उम्मेदवारहरुभन्दा पनि केन्द्रीय नेताहरुले आआफ्ना पक्षका नेतालाई क्षेत्रीय सभापति बनाउन घरदैलो गरिरहेका छन् ।

अहिलेको अवस्थामा साधु बलिया उम्मेदवार देखिन्छन् । दुई स्थानीय तहका मेयरसमेत सक्रिय बनेपछि साधुले क्षेत्रीय सभापतिमा बाजी मार्ने सम्भावना बढेको सो क्षेत्रका एक कांग्रेस नेताले बताए ।

उनले भने, साधु बलियो देखिए पनि नवीन र भूपनारायण पनि कमजोर छैनन् । यहाँ कडै प्रतिस्पर्धा हुन्छ ।’

यस्तै सात महासमिति सदस्यका लागि पनि मतदान हुनेछ । जसमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।

महासमिति सदस्यका लागि प्रत्यक्षतर्फ दिनेशप्रसाद प्रसैला, विशेश्वर यादव,भोला चौधरी, महेशशंकर गिरी, राजदेव यादव, राजेश्वर गोइत, शिवधारी यादव र सुधीर गोइत उम्मेदवार छन् ।

यस्तै,समानुपातिकतर्फ २ जनाका लागि उत्तीमप्रसाद मण्डल, रामचन्द्र मण्डल र शत्रुधन यादव उम्मेदवार छन् ।

धनुषा क्षेत्र २ मा औरही गाउँपालिका‌, शहिद नगरपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिकाका ४ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा पर्छन् ।

निर्वाचन तालिकाअनुसार शनिबार क्षेत्रीय सभापति र महासमिति सदस्यका लागि मतदान हुनेछ ‌। ८२२ क्षेत्रीय प्रतिनिधिलाई मतदाता कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]