०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सप्तरीको लौनियाँमा दाहा मेला सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

कमल कुमार मण्डल,राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहरमको अवसरमा मोहरम मुस्लिम युवा समिति, लौनियाँद्धारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ ।

स्थानिय समाजसेवी मो. नियामत मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो ।
मेलामा लठ्ठी, फौरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो ।

खेल सञ्चालन गाउँपालिका प्रमुख सतिश कुमार सिंहले खेलाडीहरु संग लठ्ठी लडाएर मंगलवार सञ्चालन गरेको थियो भने बुधवार खेलाडीहरुलाई पुरस्कार बाँडदै सम्पन्न गरेका छन् । खेलाडीहरुको प्रशंसा गर्दै खेलाडीहरुको मनोवल बढाउँदै पुरस्कार बाँडेका हुन् ।

दुईदिने मेलामा बुधवार तिन समुहका खेलाडीहरुले १५ मिनेटको समयमा आफ्ना आफ्ना खेल प्रदर्शन गरेको थियो । सप्तरीका हाटिका खेलाडीहरु प्रथम, ललापट्टीका खेलाडीहरु द्धितीय र लौनियाँका स्थानिय खेलाडीहरु तृतिय स्थान प्राप्त गरेका छन् ।उक्त कार्यक्रममा उद्घोषण इसाक मंसुरीले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]