०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत नेताको पहलमा सामुदायिक विद्यालयमा खानेपानी फिल्टर जडान

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ मा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ ।

जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो ।

फिल्टर जडान भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध खानेपानीको आपूर्ति सहज हुनेछ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानको विशेष पहलमा यो कार्य भएको नेता साहले बताए ।

यस्ता कामहरू स्थानीय सरकारले गर्नुपर्ने भएपनि चासो नलिएपछि नेता साहले यसका लागि पहल गरेका थिए । जनमत पार्टीले श्रोतसाधनको अभावका बावजुद पनि सकेसम्मको प्रयास गरी गरिरहेको जनमुखी कामको जनताले प्रशंसा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]