०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पुर्व प्र.अ पाण्डेयले गरेको लाखौं भ्रष्टाचार रकम दाखिला गर्न पटकपटक पत्राचार

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो।

पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो।पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल भए।

त्यतिबेला गाउँपालिका कार्यालय नरहँदा पूर्व प्र.अ पाण्डेय विद्याको मन्दिरमा अन्य शिक्षकको मिलिजुली लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको हो।

सरस्वती माध्यमिक बिधालयमा तत्कालीन समयमा लाखौं रकम भ्रष्टाचार भएको खबर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई स्थानीयले खबर दिदा छानबिन सुरु गरेको थियोे।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानबिन सुरु गर्दै जाँदा २०७९/०३/३० गतेका दिन पूर्व प्र.अ नवीन कुमार पाण्डेय उपर २ लाख ३३ हजार ४ सय ४१ र उमेश्वर प्र.सिंह उपर ५ लाख ९८ हजार ९ सय ७३ रुपैयाँ भ्रष्टाचार गरेको गरेको हुँदा सो रकम फिर्ता गर्न पटकपटक प्रत्रचार गर्दा पनि कुनै बास्ता नगरेको स्थानीय एक जनाले बताएका छन्। पाण्डेय गत २०७२/०७३/०७४ मा प्रधानाध्यापक बनेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]