२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

कुशासन र भ्रष्टाचारले जनता रिसाएका छन् : महामन्त्री थापा

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् ।

‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’

जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्‍याउनु पर्ने बताए ।

मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को नारा लगाएर मधेशकेन्द्रित दलहरुले लुट मच्चाएको उनले आरोप लगाए । ‘आउने निर्वाचनमा हामी छाता ओड्दैनौं, साइकल चढ्दैनौं, हँसिया हथौडामा छाप लगाउँदैनौं’, थापाले भने, ‘मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाएर सुशासनको नमुना देखाउनु आवश्यक छ ।’

संघीयता कार्यन्वयनका लागि बनाउन बाँकी रहेका ४० कानुन बनाउन कांग्रेसले अग्रसरता देखाउनु पर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]