०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेश कांग्रेसको गढ रहेको भन्दै सहमहामन्त्रीले दिए मुख्यमन्त्रीलाई कडा चेतावनी

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहिवार कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए ।

बारामा कांग्रेस कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । उनले कांग्रेस कार्यकर्तालाई केहि भयो भने चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

उनले मधेश प्रदेश नेपाली कांग्रेसको गढ रहेको पुष्टि आजको उपस्थितले देखाइदिएको दावी गरे । उनले आग्रह गरे- संघीयता मजबुत पार्नुछ भने हाम्रो पार्टी सभापति देउवालाई मजबुत पार्नुस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]