२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

प्रचण्ड सरकारको एक वर्ष: प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

Logo
न्यूज मधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको दिन नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्ने बताएका थिए । अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उनले बताएका थिए ।

गत वर्षको पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री प्रधानमन्त्री बनेका थिए । तर, राष्ट्रपतिको निर्वाचनसँगै एमाले सरकारबाट बाहिरिएको थियो । हाल प्रचण्ड सरकारलाई कांग्रेसहितका दलहरूको समर्थन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]