०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् ।

उनी विमानस्थलबाट सिधै पाँचतारे होटल हायत गएकी छन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए ।प्रिमियर अगाडि कुमारी हलमा सन्नीले मिडिया साक्षात्कार गरेपछि फिल्म हेर्ने कार्यक्रम रहेको निर्देशक बस्नेतको भनाइ छ ।

फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।

पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।

गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् ।

उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । बलिउडमा उनी एडल्ट फिल्म गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]