०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आन्दोलनका मुद्दाहरू फिर्ता लिन जनमतको दबाब

Logo
मनोज मोरबैता प्रकाशित बुधबार, पुष ११, २०८०

काठमाडौं । जनमत पार्टीले स्वराज आन्दोलन, मधेश आन्दोलन र किसान आन्दोलनलगायतका आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिन नेपाल सरकारलाई दबाब दिएको छ।

बुधबार काठमाडौंस्थित जनमत पार्टी कार्यालयमा आन्दोलनकारीहरुको बैठक पश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुद्दाहरु फिर्ता लिन दबाब स्वरुप ज्ञापनपत्र बुझाएको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी-थारु एवं सीमान्तकृतहरुको आन्दोलनमा लागेका आन्दोलनकारीहरुको मुद्दाहरु फिर्ता गराउने जिम्मेवारी जनमत पार्टीको काँधमा आएको बताए।

गृहमन्त्री श्रेष्ठलाई तत्काल आन्दोलनकारीहरुमाथिको धरपकड रोक्न र कानुन संशोधन प्रक्रिया अगाडि बढाएर मुद्दाहरु फिर्ता लिन अध्यक्ष डा.राउतले आग्रहसमेत गरे ।

आन्दोलनकारी तथा शहीद परिवारको तर्फबाट मु्द्दा फिर्ता लिन, धरपकड नगर्न, शहीद परिवार तथा घाइतेहरूलाई राज्यबाट सहयोग उपलब्ध गराउनेसहितका मागहरूको विषयमा गृहमन्त्री श्रेष्ठसंग छलफल भएको पार्टीका राष्ट्रिय सचिव बीपी साहले जानकारी दिए।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार साह,पार्टी राष्ट्रिय सचिव बीपी साह, स्वराज आन्दोलनका सहीद राम मनोहर यादवको भाई बिष्णु यादव, स्वराज आन्दोलनका अगुवा आन्दोलनकारी रामशंकर महाशेठ, संजय यादव, किसान आन्दोलनका आन्दोलनकारी धनिकलाल मण्डल लगायतको उपस्थितिमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]