०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मेयर यादवद्वारा सरकारी गाडीको दुरुपयोग : बिदाको दिन दारू भट्टीमा गाडी

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष १५, २०८०

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् ।

आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू भट्टीमा भेटिएको छ ।

तर, यस विषयमा बुझ्न खोज्दा मेयर यादवले पत्रकारलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । उनले पत्रकारलाई फटाहा भन्दै आफै गाडी लिएर त्यहाँ गएको र आफूले राम्रो गरेको बताएका छन् ।

मेयर यादव निर्धक्क भएर सरकारी गाडीलाई कतिसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको यो उदाहरण मात्रै हो । मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत छोराछोरीलाई छाड्न पनि सोही गाडी प्रयोग गर्दै आएका छन् ।

यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]