०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनस्वास्थ्यका प्रमुख श्रवणमाथी अनियमितताको आरोप

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष २५, २०८०

जनकपुरधाम । जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवणकुमार मिश्रमाथि व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

सचेत नागरिक समाजको एक टोलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएको ज्ञापनपत्रमा उनीमाथि २० वुँदे विभिन्न आरोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा मिलेमतोमा स्पेशिफिकेशन तयार गरी मधेश प्रदेशका आठै जिल्लाका स्थानीय तहमा ल्याव संचालन गर्न एकै कम्पनीलाई टेण्डर दिइ आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । सो ल्याव सञ्चालन गर्न तयार पारेको चेकलिष्ट अनुसारको उपकरण र सरसमानहरु ऋहिले सम्म सवै ठाउँमा नपुगेकोले यस सम्बन्घी छानबिन ग र्न यस कार्यालयबाट छानबिन समिति गठन गरी आवश्यक कारबाहीकालागि मुख्यमन्त्री संग माग गरिएको छ ।

स्थानीय तहमा ल्याब संचालन गर्न करारमा भर्ना गरेका कर्मचारीहरुसंग लाखौं रकम असुलेर मात्र नियुक्ति दिएको प्रमाण यत्रतत्र बजारमा सुन्न पाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आर्थिक खरिद नियमावली बिपरीत चालु आर्थिक वर्षमा ५० भन्दा बढी कर्मचारी बिना सूचना नियुक्ति गरेको प्रमुख मिश्रमाथि आरोप लगाइएको छ । उनीमाथि विभिन्न पदकालागि गरिएको विज्ञापनमा प्रश्नपत्र आफै तयार गर्ने र आफै परीक्षा लिने गरेका कारण व्यापक आर्थिक अनियमितता गरिएको उनीमाथि आरोप लगाइएको छ ।

आर्थिक खरिद नियमावली विपरीत म्याद नियम बमोजिम सूचना प्रकाशन नगरी मिलेमतोमा आफ्नो मान्छेलाई खरिद गर्न आदेश दिई कमिसन खाएको, स्थानीय चुनावमा उम्मेदवार भएको व्यक्तिलाई पुनः कर्मचारी नियुक्त गरेको, आफ्नै दाई र भाईलाई तलव भत्ता खुवाएको, प्रयोगशालामा आफ्नो नातागोता र लेनदेनमा मात्र कर्मचारी भर्ना गरेको लगायत २० बुँदे आरोप लगाइएको छ ।-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]