०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सहिद परिवारको माग पूरा नभए आन्दोलन गर्ने

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २९, २०८०

जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको केन्द्रीय कार्य समिति सदस्य राजु महतोको प्रमुख आतिथ्यतामा र फतुवा विजयपुर नगरपालिकाको पूर्व उप मेयर सहिद परिवार कान्ति देवी महतोको अध्यक्षतामा आइतवार बसेको प्रथम बैठकले माइतीघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बैठकले ⁠श्रदाञ्जली कार्यक्रम, नेपालको संविधानमा धारा ४२ को उप धारा (५)मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवास को बेवास्था गरिएको भयता पनि कार्यन्वयन गराउनका निमित्त काठमाडौंको माइतीघरबाट आन्दोलन गर्ने, ⁠विभिन्न नगरपालिका, गाउँपालिकाको सहिद सन्ततिलाई आ आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिने पनि निर्णय गरेको छ ।

आन्दोलनको मिति भने अर्को बैठकले गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]