०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मोबाईल पसलबाट समान चोर्ने ३ चोर पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहित मोबाईल र रिचार्ज कार्डहरु चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको  छ।

स्थानीय भरत साहको घरमा रहेको उक्त पसलमा सटरको माथि रहको भेन्टिलेशन फुटाएर नगद २ लाख ९५ हजार, रिजार्ड कार्ड ३ लाख ५० हजार, विभिन्न कम्पनीको मोबाइल ४४ थान गरी अन्दाजी मूल्य ८ लाख ९८ हजार ८०० र मेमोरी कार्ड अन्दाजी मूल्य ५५ हार गरी जम्मा १५ लाख ९८ हजार ८०० मूल्य बराबरको चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । चोरी गरी फरार रहेकोमा प्रहरील सिरहाको अर्नमान गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष १७ का एक युवक, त्यही बस्ने बर्ष ३६ का एक युवक र बर्ष ३२ का एक युवक गरी तीनजनालाई सार्वजनिक गरेको हो । — “( पक्राउ गरि सार्वजनिक गरिएका आरोपितहरुको नाम गोप्य राखिएको छ, भविष्यमा उनीहरुमा सुधार आउन सक्ने आस्थाका साथ उनीहरुको आगामी भविष्यलाई हेर्दै नाम गोप्य राखिएको हो ।) ”

गत भदौ २८ गते ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरी उक्त कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुसंग फेला परेका चोरीका सामानहरु बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, नगद रुपैया रु. १ लाख ४९ हजार ६ सय ५० , साईकल १ थान, चोरीमा प्रयोग गरिएको घर फोर्ने औजारहरु तथा रिचार्ज कार्ड रु. ६८ हजार ८ सय ५० बराबरको सामानहरु फेला परेको थियो ।

पक्राउ परेका मानिसहरु तथा चोरी गरी लगेका सामानहरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) उमा प्रसाद चतुर्वेदीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । उनीहरु उपर अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]