०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बलिदानी दिवस : जनमतद्वारा कम्बल वितरण

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । बलिदानी दिवसको अवसरमा जनमत पार्टीले विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १ स्थित विपन्न बस्तीमा दर्जनौं परिवारलाई कम्बल वितरण गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादवले जानकारी दिएको छ।

मधेश आन्दोलनका आन्दोलनकारी परिवार दर्जनौं परिवारलाई जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादव,पार्टी नेता पवन मण्डलको उपस्थितिमा कम्बल वितरण गरिरहेको छ।

‘मधेश आन्दोलनका क्रममा यिनै दलित-विपन्न परिवारहरु सडकमा ओर्लिएका थिए, जसकारण आन्दोलन सफल भयो।’ साहले भने,’सुकिलामुकिलाहरु मन्त्री सांसद भए तर यिनै आन्दोलनकारीहरुको अबस्था जस्ताको तस्तै छ।’

मधेश आन्दोलनलाई सफल बनाउने आन्दोलनकारीहरुको सम्मान नभएसम्म सफल्ता अधुरा रहने सचिव साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]