०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेश सरकारको ‘बलिदानी दिवस’ कार्यक्रममा घाइतेहरुको विरोध

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । मधेश सरकारले वीरगञ्जमा मनाउन लागेको मधेश बलिदानी दिवस समारोहमा आन्दोलनका घाइतेहरुले होहल्ला गरेका छन् ।

राहतमा विभेद गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मञ्च नजिकै पुगेर विरोध गर्न थालेपछि उनीहरुलाई पनि चेक वितरण सुरु गरिएको छ।

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवारका सदस्यलाई ३/३ लाखको चेक र कम्बल वितरण गरेका थिए।आन्दोलनका घाइतेहरुलाई अवस्था हेरेर १ देखि २ लाखसम्म आर्थिक सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।

०६३ सालको पहिलो मधेश आन्दोलनमा सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए ।

पहिलो शहिद महतोको सम्झनामा प्रदेश सरकार आज सार्वजनिक बिदा दिएको छ भने वीरगञ्जको टाउन हलमा बलिदानी दिवस मनाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]