२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

सिरहामा साहुले हड्पेको घर मिटर ब्याज पीडितले पुनः कब्जामा लिए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, माघ ०६, २०८०

जनकपुरधाम । सिरहाको लहान नगरपालिका ७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु (महाजन)ले हड्पेको घर खाली गराएका छन् ।

साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् ।

०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए ।ब्याजसहित ऋण‌ चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो ।

तर ऋणी हिरालालको निधन भयो । त्यसपछि उनका भाइ श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । ०७७ मा महतोले ५७ लाख हिसाब सुनाए र तिर्न नसके घर खाडी गर्न श्यामलाई चेतावनी दिए ।

श्याम भन्छन्, ‘चर्को ब्याजसहित रामबाबुले मलाई ५७ लाख तिर्नुपर्ने भन्न थाल्यो । त्यति रकम म तिर्न सकिनँ । पछि धाक धम्की लगाएर घर खाली गर्न लगायो ।’

‘साहु रामबाबुले घर कब्जा गरेपछि आफू भाडामा बस्दै आएको थिए’, श्यामले नेपाल प्रेससंग भने, ‘रामबाबुले घर भाडामा लगाएको थियो । भाडामा बस्नेहरूलाई म पटक पटक खाली गर्न भन्दै आएका थियौँ । तर खाली नगरेपछि साथीहरूको सहयोगमा भाडेदारको सामानहरु बाहिर प्यासेजमा राखेर हामी बस्न सुरु गरेका छौँ ।

घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जवर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि असफल बन्यो । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू पुगेका थिए ।

सिरहामा मिटर ब्याज पीडितहरूले साहुले हड्पेको सम्पत्ति फिर्ता लिने अभियान नै चलाएका छन् । यसअघि सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरू भित्र्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]