०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जानकी मन्दिरमा गर्‍यो सवा लाख दीप प्रज्वलन

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ ०८, २०८०

जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।

हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए ।

जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो ।अयोध्यामा भगवान श्रीरामको मन्दिर बनेपछि यहाँका मन्दिरका साधुसन्त, महन्त र नगरबासी उत्साहित छन् ।

जनकपुरधामसहित देशभर प्राण प्रतिष्ठाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिँदै छ । सिरहाको लहानमा ११ हजार १११ दीप प्रज्वलन गरिएको छ ।

वीरगञ्ज, सिरहा,गोलबजार, जलेश्वरलगायतका ठाउँमा पनि झाँकी प्रदर्शन, रथयात्रा, दीपोत्सवलगायतका कार्यक्रम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]