०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेस प्रदेश: छात्रालाई जबर्जस्ती करणीको प्रयास गर्ने शिक्षक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १२, २०८०

जनकपुरधाम । सर्लाही प्रहरीले छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षकलाई पक्राउ गरेको छ।

आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्।

कार्कीले हरिवन नगरपालिका-१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा अध्यापन गराउँदै आएका छन्।

शिक्षक कार्कीले गएको बुधबार मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए।

किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिए लगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]