०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सत्तरी बोरा अबैध मटर घरबाटै बरामद

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो ।

पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को हरी प्रसाद यादवको घरमा लुकाई छिपाई राखेको एक हजार सात सय ५० केजि नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयका टोलीबाट प्र.नि. प्रकाश बस्नेतको कमाण्डले उक्त परिमाणको मटर नियन्त्रणमा लिएको थियो ।

प्रहरीको अनुसार बिनोद यादवको घरबाट पहेलो मटर २५ के.जी. को ३० बोरा र हरी प्रसाद यादवको घरबाट पहेलो मटर २५ के.जी. को ४० बोरा गरी जम्मा ७० बोरा बरामद गरिएको छ । यसैगरी पहेलो मटर बरामद गरी आवश्यक कारबाहीको लागि सप्तरी स्थित भन्सार बुझाईएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]