२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

कोशी पीडितहरुको एक महिनादेखी अनशन जारी

Logo
प्रकाशित बुधबार, आश्विन ०१, २०७६

सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ ।

३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको अगुवाइमा पूर्वी कन्ट्रोल रुमआगाडि किसानको रिले अनशन संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

तीन बुँदे माग राखि विगत ३३ दिनदेखि बसेका अनशनका संघर्ष समितिका अनुसार ९ असोजदेखि अनिश्चितकालीन आमरण अनसन तथा धर्ना, घेराउ र चक्का जाम लगायतका आन्दोलन कार्यक्रम गरिने जानकारी गराईएको छ ।

त्यसैगरी ज्ञापन पत्रमा कोशी समझौताको कार्यान्वयन, बालीनालीको क्षतिपूर्ति तथा १ सय ९९ सय वर्ष लिजमा रहेका कोशी पीडितको जग्गा जमिनको सुरक्षा सुनिश्चितता लगायत तीन बुन्दे माग सहित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]