जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो।
गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो २ किलो,खाने तेल १ किलो,आलु ३ किलो,प्याज २ किलो,नुन १ किलो,सुवाबिन ५ सय ग्राम गरि जम्मा करिब १५ किलोको प्याकेज बनाएर खाद्यान्न सामग्री वितरण गरेको बताए।
उनका अनुसार मटिहानी नगरपालिकाले उपलब्ध गराएको नामावली अनुसार खाद्यान्न सामग्री वितरण गरेको छ।
गल्फ सेवा समाजले विपन्न ,गरिब ,दलित ,अशक्त भएका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको संस्थापक राईनले बताए ।