०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जापानी विदेशमन्त्री काठमाडौँमा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, बैशाख २३, २०८१

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे ।

उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्ने जापानी विदेश मन्त्रालयले घोषणा गरेको थियो ।

६ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा हुने ठोस सम्झौता तथा समझदारीहरु सार्वजनिक गरेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]